विकास निर्माणमा हुने अनियमितता जाँच्न आयोगमा अत्याधुनिक प्रयोशाला, १० अर्बभन्दा बढीको बिगो दाबी

१६ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकास निर्माणका काममा हुने भ्रष्टाचार तथा अनियमितताको सम्बन्धमा समेत छानबिन गर्ने भएको छ । विकास निर्माणका क्रममा भएका भ्रष्टाचार तथा अनियमितता नियन्त्रण गर्ने लक्ष्यका साथ सिभिल इन्जिनियरिङ प्रयोगशाखा स्थापना गरेको छ । निर्माण सामग्री, सार्वजनिक निर्माण, सडक, भवन आदि परीक्षणको लागि त्यस्तो प्रयोगशाला स्थापना भएको र कुनै पनि आयोजनामा अनियमितता गर्ने उम्कन नपाउने भएका छन् । थप पढ्नुहोस्

अख्तियारको कार्यवाहक प्रमुख आयुक्तमा घिमिरे

२ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी आयुक्त नवीनकुमार घिमिरेले आजदेखि सम्हालेका छन् । उनी विसं २०७१ साल चैत १९ गते आयोगको आयुक्तमा नियुक्त भएका थिए । घिमिरेले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०५३ को दफा २० बमोजिम कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेको आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । थप पढ्नुहोस्

नक्कली कागजात बनाएको अभियोगमा उपसचिव र शाखा अधिकृत पक्राउ

१३ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सुकेधारामा कार्यरत उपसचिव र शाखा अधिकृतलाई नक्कली कागजात बनाएको अभियोगमा पक्राउ गरेको छ । आयोगका अनुसार नक्कली कागजात तयार पारी साउदी अरबी सवारी चालक अनुमतिपत्रका आधारमा नेपाली सवारी चालक अनुमतिपत्र बनाएको अभियोगमा उपसचिव सुन्दर भट्टराई र शाखा अधिकृत यमलाल ढकाललाई आज कार्यालयबाटै पक्राउ गरी अनुसन्धान गरिएको आयोगले जनाएको छ । थप पढ्नुहोस्

अख्तियारको प्रतिवेदन राष्ट्रपतिलाई, सबैभन्दा धेरै शिक्षा क्षेत्रका उजुरी

२८ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७३/७४ को सताइसौँ वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन् । आयोगको प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले भ्रष्टाचार नियन्त्रणका लागि विभिन्न रणनीति अवलम्बन गरेर सदाचार र निष्पक्षता कायम गरी सुशासन कायम गर्न अझै प्रभावकारी भूमिका निार्वह गर्न शुभकामना दिइन् । थप पढ्नुहोस्