महान्यायाधिवक्तामा खरेल नियुक्त

९ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले झापा गौरादह–३ का वरिष्ठ अधिवक्ता अग्निप्रसाद खरेललाई नेपालको महान्यायाधिवक्तामा नियुक्त गरेकी छिन् । प्रधानमन्त्रीको सिफारिसशमा नेपालको संविधानको धारा, १५७ को उपधारा, २ बमोजिम खरेललाई उक्त पदमा नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । यसैबीच, सरकारले महान्यायाधिवक्ता पदमा वरिष्ठ अधिवक्ता अग्नि खरेलको नाम सिफारिश गरेको थियो । सरकारको मुख्य कानुनी सल्लाहकारमा सरकारले वरिष्ठ अधिवक्ता खरेलको नाम सिफारिश गरेको हो । थप पढ्नुहोस्