बारामा १२१ मतदानस्थल अति संवेदनशील, अछाममा निर्वाचनको विरोध गर्ने पक्राउ

१५ मंसिर, काठमाडौं । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि कलैयामा तोकिएका मतदानस्थलमध्ये १२१ मतदानस्थल अति संवेदनशीलको रूपमा वर्गिकरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरका अनुसार जिल्लाको कूल तीन लाख ४९ हजार ९४७ मतदाताका लागि ३०३ मतदानस्थल र ४७५ मतदान केन्द्रको व्यवस्था गरिएकामा ९७ मतदानस्थल संवेदनशील र १२१ मतदानस्थल अति संवेदनशील रहेकाले उक्त मतदानस्थलमा शान्तिसुरक्षा कडा पारिएको छ । थप पढ्नुहोस्