अठार वर्षपछि हत्यारा पक्राउ

८ साउन, उदयपुर। आफूलाई अपराधबाट लुकाउन लामो समयसम्म फरार भई कहिले अन्यत्र र कहिले गाउँतिर नै लुकी बसेका निरबहादुर मगर १८ वर्षपछि प्रहरीको फन्दामा परेका छन् । उदयपुरको रौतामाई गाउँपालिका–७ स्थायी घरभएर ज्यान मार्ने उद्योगमा फरार रहँदै आएका ५७ वर्षीय मगरलाई जिल्ला प्रहरी कार्यालयले शुक्रबार पक्राउ गरेको हो । प्रहरीका अनुसार १८ वर्ष अघि रौता मुर्कुची बजारमा व्यापार गर्दै आएका श्रीप्रसाद राईलाई निरबहादुरलगायतको समूहले खुकुरी तथा छुरी प्रहार गरेर सख्त घाइते बनाएपछि उनी फरार रहँदै आएका थिए । थप पढ्नुहोस्