अति गरिबको निःशुल्क स्वास्थ्य बीमा

२ फागुन, काठमाडौं । बागलुङका अति गरिबमा सूचीकृत परिवारका सदस्यले निःशुल्क स्वास्थ्य बीमाको सुविधा पाएका छन् । गरिबी परिचयपत्र नहुँदा लक्षित वर्गमै स्वास्थ्य बीमा नपुगेपछि सूचीकृत भएकै आधारमा बीमा गराइएको हो । स्वास्थ्य बीमा कार्यक्रमले परिचयपत्रका आधारमा अति गरिबलाई निःशुल्क बीमा गराउने व्यवस्था गरेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट परिचयपत्र जारी नहुँदा विपन्न परिवार बीमा सुविधाबाट वञ्चित भएका थिए । थप पढ्नुहोस्