जुवाडे हीरालाल तामाङ सहित ९ जना विरुद्ध अदालतमा मुद्दा दर्ता

८ फागुन, काठमाडौं । जुवा (तास) खेलिरहेको समयमा विदुर नगरपालिका–९ स्थित कोलनीबाट पक्राउ परेका नौ जनालाई प्रहरीले नुवाकोट जिल्ला अदालतमा मुद्दा दर्ता गरी कारबाही शुरु गरेको छ । तास खेलिरहेको समयमा सोमबार राति रु ७५ हजारसहित पक्राउ परेकालाई प्रहरीले आज अदालतमा जुवा ऐनअनुसार मुद्दा दर्ता गरी कारबाही शुरु गरेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए । थप पढ्नुहोस्

अदालतको आदेश पछि सडक विस्तार कार्य प्रभावित

३० पुस, काठमाडौं । चार महिनादेखि काठमाडौं उपत्यकामा सडक विस्तारको काम ठप्प छ । गत २ असोजमा सर्वोच्च अदालतले सडक विस्तार गर्दा घरजग्गाधनीलाई मुआब्जा दिनुपर्ने फैसला गरेपछि काम रोकिएको हो । विस्तार भइरहेका सडक दायाँबायाँका बासिन्दाले मुआब्जा नदिएसम्म काम गर्न नदिने बताएका छन् । सर्वोच्चले फैसला गरेको करिब चार महिना बित्दा पनि फैसलाको पूर्णपाठ तयार भएको छैन । जसले गर्दा सडक विस्तार आयोजनाले काम अघि बढाउन सकेको छैन । महान्यायाधिवक्ता कार्यालयले पनि के गर्ने भन्नेबारे कुनै जानकारी दिएको छैन । थप पढ्नुहोस्

सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नालीबेली

२ साउन, काठमाडौं । व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा गोपालप्रसाद पराजुलीलाई सर्वसम्मका साथ अनुमोदन गरेको छ । पराजुलीले न्यायपालिका सुधार सम्बन्धमा प्रस्तुत गरेका अवधारणा, कार्ययोजना र सोच सुनेपछि बैठकले उनको योग्यता, क्षमता र अनुभवका आधारमा उक्त पदका लागि योग्य रहेको ठहर गर्दै प्रधानन्यायाधीशमा पराजुलीको नाम अनुमोदन गरेको हो । संवैधानिक परिषद्को गत असार १५ गतेको बैठकले उनको नाम संसदीय सुनुवाइका लागि व्यवस्थापिका–संसद्मा पठाएको थियो । उनको नाममा कुनै उजुरी परेका थिएनन् । थप पढ्नुहोस्