परिवार विवादमा तानिएपछि ट्रम्पले भने– ‘माफी दिने अधिकार मसँग छ’

८ साउन, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसमक्ष जो कोहीलाई क्षमदान दिने अधिकार र शक्ति भएको नबिर्सन सबैलाई सचेत तुल्याएका छन् ।राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपका सम्बन्धमा ट्रम्प वा उनका सहयोगी कोही पनि दोषी पाइए आफैँ र आफ्नो परिवारलाई माफी दिनका लागि ट्रम्पले तरिका खोजिरहेको दावी सञ्चारमाध्यमले गरेको छ । त्यही सन्दर्भमा ट्रम्पले आफूसँग सुरक्षित माफी दिने अधिकार र शक्तिका बारेमा ट्वीटमार्फत् प्रष्ट गरेका हुन् । ट्रम्पले माफी दिने बाटो खोजिरहेको खबर वासिंटन पोष्टले छापेको छ । थप पढ्नुहोस्