राप्रपा विवाद सतहमा : राणा र चन्दसहित सात सदस्यद्वारा बैठक बहिष्कार

४ साउन, काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दोस्रो केन्द्रीय समितिका एजेन्डा तय गर्न बोलाएको कार्यसम्पादन समिति बैठक वरिष्ठ नेता पशुपतिशमशेर राणासहित सात सदस्यले बहिष्कार गरेका छन् । अध्यक्ष थापाले एकलौटी रूपमा ४२ केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै असन्तुष्ट राणापक्षीय नेताहरू कार्यसम्पादन समिति बैठकमा सहभागी भएनन् । अनुपस्थित नेताहरूले बुधबारबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठक पनि बहिष्कार गर्ने तयारी गरिरहेको बतार्इएको छ । थप पढ्नुहोस्