वामपन्थीले पाएको जनमत शंकासहितको जनमतः अध्यक्ष दाहाल

२६ मंसिर, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थीले पाएको जनमत शंकासहितको जनमत भएको बताएका छन् । चितवन क्षेत्र नं ३ बाट विजयी भएपछि हिजो नारायणगढको पोखरा बसपार्कमा आयोजित कोणसभामा उनले भने “हामीले केही गरेनौँ भने जनताले हामीलाई मान्ने छैनन् ।” अध्यक्ष दाहालले एकढिक्का भएर देशको विकास र समृद्धिमा जुट्नु पर्ने बताउँदै “हामीमा जीतको उन्माद होइन, समृद्धिको दृढ ईच्छाशक्ति चाहिन्छ, हामी त्यो दिशामा प्रतिबद्ध भएर अगाडि बढ्नेछौँ” । थप पढ्नुहोस्