५१ औं रक्तसञ्चार सेवा दिवस भव्यताका साथ सम्पन्न, साढे तीन लाख बिरामी लाभान्वित

१२ साउन,काठमाडौं । नेपाल रेडक्रस सोसाईटीले देशका ७२ जिल्लाका १०५ स्थानबाट सञ्चालित रक्तसञ्चार सेवामार्फत् आर्थिक वर्ष २०७३÷७४ मा देशभरिबाट दुई लाख ३६ हजार सात सय ९९ यूनिट रगत सङ्कलन गरी तीन लाख ३७ हजार तीन सय २१ विरामीलाई रगत तथा रक्ततत्व वितरण गरेको जनाएको छ । रेडक्रसका प्रवक्ता दिव्यराज पौडेलका अनुसार यस आ.ब.मा तीन हजार सात सय ५३ वटा घुम्ती रक्त सङ्कलन कार्यक्रमहरु सञ्चालन भएका छन् । नेपालमा रक्तसञ्चार स्थापना भएको ५१ औँ वर्ष पुगेको उपलक्ष्यमा हिजो काठमाडौँमा आयोजित वार्षिकोत्षव कार्यक्रममा यो जानकारी दिइएको हो । थप पढ्नुहोस्