कालाजार रोग सार्ने भुसुनाको अध्ययन शुरु

१५ चैत, काठमाडौं । रम्भा गाउँपालिका—२ फोक्सिङ्गकोट, पाल्पामा कालाजार रोग सार्ने भुसुनाको अध्ययन शुरु गरिएको छ । विश्व स्वास्थ्य संगठन, जनस्वास्थ्य तथा सरुवा रोग अनुसन्धान केन्द्र, काठमाडौँ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, काठमाडौँले कालाजारबारे अध्ययन थालेको हो । गएको असारमा फोक्सिङ्गकोट कोटथर निवासी नरबहादुर पाडेलाई लगातार ज्वरो आउने, शरीर कमजोर हुने, पेट फुल्ने समस्या आएपछि तानसेनस्थित मिशन अस्पताल तथा लुम्बिनी मेडिकल कलेजमा उपचार गराउँदा पनि निको नभएपछि काठमाडौँ पठाइएको थियो । थप पढ्नुहोस्