केसीले गरे ८० घण्टा ४ मिनेट भाषण

२३ असोज, काठमाडौं । भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाएका छन् । मित्रपार्कस्थित टेक्सास इन्टरनेशनल कलेजमा केसीले यही असोज १९ गते विहान ६ बजेदेखि हिजो दिउँसो ३ बजेर २ मिनेटसम्म भाषण गरेको विश्व दर्शन अभियान नेपालका अध्यक्ष नारायणप्रसाद भट्टराईले जानकारी दिए । ८० घण्टा ४ मिनेटको भाषणको रेकर्ड गिनिज बुकमा पठाएर विश्वकीर्तिमानका लागि दावी गरिनेछ । थप पढ्नुहोस्

७५ घण्टा भाषणको विश्व रेर्कड तोड्दै केसी

२२ असोज, काठमाडौं । भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार भाषण सुरु गरेका छन् । टेक्सास इन्टरनेशनल कलेज, मित्रपार्कमा उनले यही असोज १९ गते विहान ६ बजेदेखि भाषण सुरु गरेको उनकी श्रीमती पारु केसीले जानकारी दिइन् । लगातार ८४ घण्टा भाषण गरेर विश्वकीर्तिमान राख्ने उनको सोच छ । यसअघि भारत गुजरातस्थित सुरतका अश्विन सुडानीले यस्तो लगातार भाषणको ७५ घण्टा ३२ मिनटको रेकर्ड राखेका छन् । उनले विभिन्न ७५ शीर्षकमा भाषण दिएको बताइएको छ । थप पढ्नुहोस्