सांग्रिला बिकास बैंकले पनि दिन थाल्यो अनलाइन आस्बा सेवा

१९ जेठ, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले अनलाइन आस्बा सेवा सुरु गरेको छ । बैंकले प्रविधिको उच्चतम उपयोग गरी ग्राहकहरूलाई आधुनिक सेवा दिन आस्बाअन्तर्गत अनलाइन शेयर आवेदन दिन सकिने व्यवस्था मिलाएको बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले बताए । अनलाइन आस्बा सेवामार्पmत शेयर आवेदन दिनका लागि ग्राहकले सांग्रिला डेभलपमेन्ट बैंकको इन्टरनेट बैंकिङ सेवा लिएको हुनुपर्ने बताइएको छ । थप पढ्नुहोस्