४९ जना उद्यमीलाई २५ लाख अनुदान

१ फागुन, काठमाडौं । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय इलामले उद्योगी व्यवसायीलाई उद्योग स्तरोन्नतिका लागि करिब रु २५ लाख बराबरको अनुदान सहयोग गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष २०७४/७५ मा उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रमबाट जिल्लाका ४९ जना उद्यमीलाई सामग्री खरिदका लागि रु २४ लाख ८७ हजार ७५० अनुदान सहयोग गरेको हो । उद्यमीले २० प्रतिशत आफ्नो लगानी गरी उद्योगका लागि उक्त बजेटबाट आवश्यक पर्ने मेशिन औजार खरिद गर्नुपर्ने प्रावधान राखिएको कार्यालयका उद्योग प्रशासन प्रमुख खड्ग बस्नेतले बताए । थप पढ्नुहोस्

अनुदानको मलमा कृषकको ढाड सेक्दै सरकारी संस्थान

२६ भदौ, काठमाडौं । कैलालीमा मलखादको बिक्री वितरणमा प्रभावकारी अनुगमन हुननसक्दा सरकारले उपलब्ध गराउँदै आएको अनुदानको मल चर्को मूल्यमा खरिद गर्नुपरेको गुनासो कृषकले गरेका छन् । अनुदानको मल सरकारले तोकेको मूल्यभन्दा झण्डै दोब्बर बढी मूल्यमा खरिद गर्नुपरेको किसानले बताएका छन् । “सरकारले किसानलाई अनुदानमा रासायनिक मलखादको व्यवस्था गरेकोछ,” कृषक वीरे चौधरीले भने– “बिक्रेताले चर्को मूल्यमा बिक्री गरिरहेका छन् । थप पढ्नुहोस्