समाजसेवी अनुराधा कोइराला काँग्रेसमा प्रवेश

२६ कात्तिक, काठमाडौं । ‘सिएनएन हिरो’बाट सम्मानित समाजसेवी अनुराधा कोइराला नेपाली काँग्रेसमा प्रवेश गरेकी छिन् । आज प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच पार्टीमा स्वागत गरेका हुन् । चेलीबेटी बेचबिखनविरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा तीन दशकदेखि सक्रिय कोइरालाले मुलुकको आर्थिक वृद्धि र समृद्धि काँग्रेसबाट मात्रै सम्भव भएको बताउँदै पार्टी प्रवेश गरेकी हुन् । थप पढ्नुहोस्