सिआइबी भित्र खैलाबैला

२५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन भन्दै पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासी फागुन २१ गते दुईदिने नेपाल भ्रमणमा आएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २८ गते भएको बंगलादेशको यूएस बंगला विमान दुर्घटनापछि बुझ्न बंगलादेशका नागरिक उड्डयन तथा पर्यटन मन्त्री एकेएम शाहाजहाँ कमाल फागुन २९ गते नेपाल आएका थिए । चैत ३ गते गोरखा गण्डकी गाउँपालिका–३ बेनीघाटमा मुस्लिमहरूको ठूलो कार्यक्रम भएको थियो भने त्यहाँ सहभागीमध्ये ५ सय बढी पाकिस्तानलगायत अरब मुलुकका मुस्लिमहरू थिए । थप पढ्नुहोस्

आईजी साप ! यिनलाई व्याँठे पालेको हो ?

१६ साउन,काठमाडौं । नेपाल प्रहरीमा यतिबेला घुमुवा आतंक छ । अर्थात बर्षौदेखि तराईका जिल्लाहरुमा हाकिमको घुमुवा भई आफु र हाकिमको सेवामा मस्ती मारिरहेका प्रहरीहरुको यतिबेला रुवाबासी चलेको छ तर सशस्त्र प्रहरीको हकमा भने जताततै मस्ती नै मस्ती चलिरहेको छ । हालैमात्र सशस्त्र प्रहरीले ठूलो मात्रामा प्रहरी जवानदेखि हबल्दारसम्मको सरुवा गरेको छ । सो सरुवापछि सशस्त्रले सबै प्रहरीलाई आआफ्नो दरबन्दीमा तुरुन्त रवाना दिएर पठाउन परिपत्र पनि गरेको थियो । थप पढ्नुहोस्

पियारीको रुखबाट खसेर ढुङ्गेल ठहरै

२९ जेठ,बर्दिवास । महोत्तरीको बर्दिवास–३, पाटुका एक वृद्धको रुखबाट लडेर मृत्यु भएको छ । आज पात झार्न बस्ती नजिकैको वनमा पियारीको रुख चढेका ७० वर्षीय वृद्ध बलबहादुर ढुङ्गेलको रुखबाट खस्दा मृत्यु भएको , बर्दिवास इलाका प्रहरी कार्यालयले जनाएको हो । सधैँ घाँस दाउराको काम गर्दै आएका ढुङ्गेल रुख चढेर घाँस झार्ने क्रममा चिप्लेर भिरमा पछारिएका थिए । परिवारजनले तत्काल ढुङ्गेललाई बर्दिवासस्थित जनसेवा अस्पताल ल्याए पनि चिकित्सकले मृत घोषित गरेका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए । थप पढ्नुहोस्