नेपाली ब्राण्डको चियाको अनुसन्धान शुरु

१४ फागुन, काठमाडौं । आगामी पाँच वर्षभित्र नेपाली जातको चिया उत्पादन गर्न राष्ट्रिय कृषि अनुसन्धान केन्द्रले शुरु गरेको छ । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा रहेको कृषि अनुसन्धान केन्द्रले विश्वबजारमा नेपालमा आफ्नै चियाको जात पहिचान गराउने नेपाली ब्राण्डको चिया अनुसन्धान शुरु गरेको हो । चियाको क्षेत्रमा विगत १० वर्षदेखि कुनै काम गर्न नसकेको केन्द्रले अब नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत छुट्टै कार्यालय स्थापना गरी अनुसन्धान शुरु गरेको जनाएको छ । थप पढ्नुहोस्