अन्तर्घात गर्ने काँग्रेसीलाई देउवाले नछोड्ने

४ वैसाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबवहादुर देउवाले प्रतिनिधिसभाको निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कडा कारवाही गरिने बताएका छन् । नेपाल तरुण दलको आयोजनामा शुरु भएको दुईदिने प्रदेश नं ३ स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले टिकट नपाएकाहरुले पार्टीका आधिकारिक उम्मेदवारमाथि अन्तर्घात गरेकाले उनीहरुलाई कारबाही गरिछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तरुण दललाई अनुशासित र जिम्मेवार बनाउनुपर्ने उनको भनाइ थियो । थप पढ्नुहोस्