चौथो पर्वतीय महोत्सव मंसिर २५–२६ गते

१६ मंसिर, काठमाडौं । पोखरा लेखनाथ महानगरपालिका–१७ रातोपैह्रास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा चौथो पर्वतीय महोत्सव यही मंसिर २५ र २६ गते हुने भएको छ । विश्व पर्वतीय दिवसका अवसरमा हिमाली एवम् उच्च पहाडी क्षेत्रको जैविक विविधता, ज्ञान, सीप, वेशभूषा, संस्कृति, खेलकुदलगायत विविध पक्षको जानकारी गराउने उद्देश्यले महोत्सव हुन लागेको हो । साहसिक खेल चट्टानारोहणलगायत छेलो, धनुषबाण, साइकल र सडक दौड प्रतियोगिता तथा गाईजात्रा, याकनाच प्रदर्शनसहित विभिन्न खानाका परिकारका कक्ष रहने महोत्सव संयोजक कुशल गुरुङले जानकारी दिए । थप पढ्नुहोस्