ग्रामीण विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन चैतमा

२५ पुस, काठमाडौं । ग्रामीण विकासका बहुआयामिक विषयमा सम्बन्धित विज्ञसँग छलफल गरी सुझाव लिन आगामी चैतमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । त्रिवि ग्रामीण विकास केन्द्रीय विभागको आयोजनामा चैत ९–११ गते सम्मेलन हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सम्मेलनमा राष्ट्रिय अन्तर्राष्ट्रिय सरोकार भएका, राजनीतिकर्मी, नीतिनिर्माणमा संलग्न व्यक्ति, अनुसन्धानकर्तासँगको छलफलपछि प्राप्त सुझाव भविष्यमा बन्ने सरकारी नीति एवं योजना तर्जुमामा सहयोग पुग्ने उद्देश्य लिइएको छ । थप पढ्नुहोस्

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद् अधिवेशनको तयारी

१२ पुस, काठमाडौं । आगामी संघीय संसदको अधिवेशनका लागि भौतिक संरचना र जनशक्ति व्यवस्थापनबीच तादात्म्यता मिलाउने गृहकार्य अन्तिम चरणमा पुगेको व्यवस्थापिका–संसद् सचिवालयले जनाएको छ । व्यवस्थापिका–संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईका अनुसार नयाँ बानेश्वरस्थित विगतको ६०१ सदस्यीय संविधानसभाको बैठक सञ्चालन भएकै हलमा प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने तयारी भइरहेको छ । हलको मूल स्वरुपमा कुनै परिवर्तन नगरी प्रतिनिधिसभाका २७५ जना सदस्यका अतिरिक्त दुवै सदनको संयुक्त बैठक सञ्चालनसमेत गर्न सकिने गरी सिटको व्यवस्था गरिएको छ । थप पढ्नुहोस्