प्रभावशाली काँग्रेस नेता खड्काको आज अन्तिम संस्कार

१८ चैत, काठमाडौं । उपचारका क्रममा निधन भएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिएको छ । उनको पार्थिव शरीरलाई शनिबार राति नेपाल ल्याई ललितपुर, सानेपास्थित उनकै निवासमा राखिएको थियो । उनको पार्थिव शरीरलाई आज दिउँसो ३ बजेदेखि ४ बजेसम्म श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । त्यसपछि शवयात्रा निकालेर पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो । स्व खड्कालाई उहाँका सुपुत्र अनुरागले दागबत्ती दिएका थिए । थप पढ्नुहोस्