ट्रान्सफर्मर पड्किएपछि लुम्बिनी अन्धकार

१३ भदौ, काठमाडौं । विश्व शान्तिको केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी एक सातादेखि अन्धकारमय बनेको छ । धेरै भार थाम्न नसकी ट्रान्सफर्मर पड्किएपछि लुम्बिनी क्षेत्र अन्धकारमय बनेको हो । अघिल्लो शनिबार ट्रान्सफर्मर पड्किएपछि अन्धकारमय बनेको पर्यटकीय नगरी लुम्बिनी अहिलेसम्म पनि अन्धकारमय छ । लुम्बिनी आसपासका क्षेत्रमा वैकल्पिक वितरण केन्द्रबाट बिजुली पु¥याइएको भए पनि पर्यटकीय क्षेत्र भने अन्धकार छ । लुम्बिनी क्षेत्रमा वितरण हुँदै आएको ५ एमभिएको ट्रान्सफर्मरबाट आठ एमभिए विद्युत् वितरण हुँदै आएको थियो । ओभरलोडका कारण उक्त ट्रान्सफर्मर शनिबार पड्किएको थियो । थप पढ्नुहोस्

विद्युत् सेवा बन्द भएपछि रुकुम अन्धकार, सरकारी कामकाज ठप्प, स्थानीय रेडियो बन्द

२२ साउन, काठमाडौं । जिल्लाको सदरमुकामसहित मुसिकोट नगरपालिकामा सञ्चालित विद्युत् सेवा एक सातादेखि बन्द भएको छ । केन्द्रीय लाइनको सल्यानमा र जिल्लाको स्यार्पुदह साना जलविद्युत् योजनाको पावरहाउसमा रहेको मेसिनमा खराबी आएपछि गत आइतबारदेखि विद्युत् सेवा बन्द भएको हो । विद्युत् सेवा बन्द भएपछि जिल्लास्थित सरकारी कार्यालयका कामकाजमा समस्या भएको छ भने जनजीवन प्रभावित बनेको छ । विद्युत् नभएका कारण जिल्ला प्रशासनबाट नागरिकता वितरण तथा अन्य सरकारी कार्यालयमा दैनिक कामकाज प्रभावित भनेको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले बताए । थप पढ्नुहोस्