अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव सकियो

१६ पुस, काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकाको छोम्रोङमा सञ्चालित अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव सकिएको छ । छ दिनसम्म चलेको सो महोत्सवमा म्याराथुन दौड, खुल्ला पुरुष तथा महिला भलिबल र पुरुष बास्केटबल प्रतियोगिता आयोजना गरिएको थियो । खुल्ला पुरुष भलिबल प्रतियोगितातर्फ कास्कीको देउराली युवा क्लब प्रथम भई रु एक लाख नगद, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको थियो । प्रतियोगितामा सेन्चुरी युवा क्लब छोम्रोङ द्वितीय भई रु ६० हजार, ट्रफी र प्रमाणपत्र पाएको थियो । थप पढ्नुहोस्