उत्पादन बढाउन माटो परीक्षण शिविर

१३ फागुन, काठमाडौं । माटोमा उत्पादन क्षमता कम हुँदै जाँदा अन्नबाली उत्पादनमा ह्रास आएपछि त्यहाँको एक नगरपालिकाले माटो परीक्षण शिविर सञ्चालन गरेको छ । पर्वतको फलेवास नगरपालिकाले व्यावसायिक कृषिका लागि माटो परीक्षण गर्न शुरु गरेको हो । माटो परीक्षण गरी उत्पादन वृद्धि गर्नका लागि नगरपालिकाका ११ वटै वडाका किसानबाट माटो संकलन गरी शुक्रबारबाट परीक्षण गर्न थालिएको हो । क्षेत्रीय माटो परीक्षण प्रयोगशाला पोखराको प्राविधिक सहयोगमा नगरपालिकाले माटो परीक्षण गर्न थालेको नगर प्रमुख पदमपाणि शर्माले जानकारी दिए । थप पढ्नुहोस्