अफगानिस्तानमा सुरक्षा कारबाहीमा ४६ लडाकू मारिए

२२ साउन, काठमाडौं । अफगानिस्तानको उत्तरी बाघ्लान प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी ३४ जना तालिवान लडाकूको मृत्यु भएको छ । अफगान प्रहरीले चलाएको विषेश सुरक्षा कारबाहीको अभियानमा उनीहरु मारिएको र थप २९ जना घाइते भएको गृह मन्त्रालयले आइतबार जनाएको छ । बाघ्लान प्रान्तको मर्काजी जिल्लामा प्रहरीले विषेश सुरक्षा इकाइको रुपमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको बताएको छ । तालिवान विरुद्धको सुरक्षा कारबाही शृङ्खलाबद्ध तरिकाले भइरहेको छ । थप पढ्नुहोस्

कान्दाहारको सैनिक पोष्टमा आक्रमण, २६ सैनिकको मृत्यु

११ साउन, काठमाडौं । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक दुर्गम जिल्लामा रहेको सैनिक पोष्टमा तालिवान आतङ्ककारी समूहले मङ्गलबार रातभर गरेको आक्रमणमा कम्तीमा २६ सैनिकको मृत्यु भएको छ । अफगान रक्षा मन्त्रालयले बुधबार सो जानकारी दिएको छ । मङ्गलबार अबेर रातिबाट ठूलो सङ्ख्यामा आएका तालिवान आतङ्ककारी समूहले रातभर गरेको हमलामा परी २६ सैनिकको मृत्यु हुनुका साथै अन्य १३ सैनिक घाइते भएको सैनिक प्रवक्ता दउलत वाजिरीले बताएका छन् । सो आक्रमण बुधबार बिहानसम्म जारी रहेको छ । थप पढ्नुहोस्

आतंककारी आक्रमणमा १६ सुरक्षाकर्मी मारिए

६ साउन, एजेन्सी । दक्षिणी अफगानिस्तानको कान्दाहार प्रान्तस्थित एक सुरक्षा जाँच चौकीमा भएको आतंककारी आक्रमणमा १६ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । आक्रमणमा १० जना सैनिक र ६ जना प्रहरीको मृत्यु भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । तालिवान समूहले गरेको आक्रमणका क्रममा अन्य सात सुरक्षाकर्मी घाइते भएका छन् । सुरक्षा अधिकारीहरुले यो आक्रमणमा दोहोरो गोली हानाहान भएको र कयौं तालिवान लडाकुसमेत मारिएको दाबी गरेका छन् । केही तालिवानीलाई पक्राउसमेत गरिएको अधिकारीहरुले जनाएका छन् । थप पढ्नुहोस्

आइएसविरुद्ध अफगानिस्तानको सीमा क्षेत्रमा पाकिस्तानको विशाल अभियान

२ साउन, काठमाडौं । पाकिस्तानी सेनाले चरमपन्थी संगठन इस्लामिक स्टेट आइएसविरुद्ध अफगानिस्तानको सीमा क्षेत्रमा विशाल अभियान शुरु गरेको छ । पाकिस्तानी सेनाका प्रवक्ताले इस्लामिक स्टेटले अफगानिस्तानभित्र आइएसले आफ्नो प्रभाव बढाउन थालेकाले त्यसलाई रोक्न ‘खैबर चार’ अभियान नै शुरु गरिएको बताएका छन् । उनले वायुसेनाको समर्थन लिएर राजगल घाँटीको पहाडि क्षेत्रमा ‘खैबर चार’ अभियान केन्द्रित गर्ने बताए । यसअघि पाकिस्तानले आफ्नो भूभागभित्र आइएसको उपस्थिति नरहेको जिकीर गरेको थियो । थप पढ्नुहोस्

अमेरिकी सैन्य शिवीरनजिकै आठ को हत्याअफगान सुरक्षा गार्ड

६ असार, काठमाडौं । अफगानिस्तानको पूर्वी प्रान्त पार्वानमा अवस्थित प्रमुख अमेरिकी सैन्य शिवीरनजिकै एम्बुसमा पारेर आठ स्थानीय अफगान सुरक्षा गार्डको हत्या गरिएको समाचार छ । एक स्थानीय अधिकारीले सोमबार रातिको समय पारेर उनीहरु चढेको सवारीलाई एम्बुसमा पारिएको मङ्गलबार बिहान जानकारी दिएका छन् । रातिको सेवामा कार्यरत १० जना सुरक्षा गार्ड एक सवारी साधनबाट ब्यागरम हवाई शिवीरको भ्रमणमा गएका र उनीहरु माथि स्थानीय समयाअनुसार सोमबार राति १० बजे आक्रमण भएको बताइएको छ । थप पढ्नुहोस्