अफगानी गुप्तचर संस्थामा कार्यरत पाँच अधिकारीको हत्या

११ फागुन, काठमाडौं । अफगानी गुप्तचर निकायका पाँच अधिकारी तालिवान लडाकूको उत्तरी पारवान प्रान्तमा भएका हालैका आक्रमणबाट मारिएका यहाँको खामा नामक समाचार संस्थाले बिहीबार जनाएको छ । उनीहरू सवै राष्ट्रिय सुरक्षा सचिवालयका अधिकारी रहेका बताइएको छ । बागराम जिल्लाको वरपर भएका विभिन्न घटनामा गुप्तचर अधिकारी मारिएका स्थानीय सरकारी अधिकारीले जनाएका छन् । बागरामका जिल्ला प्रशासन प्रमुख अब्दुल शुकुर कुदुसीले मृतक सबै अफगानी गुप्तचर निकायका अधिकारी रहेको बताएका खामा प्रेसले जनाएको छ । थप पढ्नुहोस्