नदीजन्य वस्तुको अबैध उत्खनन र चोरी निकासी बढ्यो

२९ चैत, काठमाडौं । बेनी नगरपालिका–१ आनन्दबगरमा अबैध रुपमा कालीगण्डकी नदीबाट नदीजन्य बस्तीको उत्खनन र चोरी निकासी भइरहेको छ । सम्बन्धित निकायको अनुमतिविना उपकरणको प्रयोग गरेर नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेर चोरी निकासी भएको हो । नदीजन्य पदार्थको उत्खननका लागि जिल्ला समन्वय समितिसँग सम्झौता गर्नुपर्ने व्यवस्था छ । आनन्दबगरमा नदीजन्य पदार्थको उत्खनन र निकासीका लागि कसैले पनि अनुमति नलिएको र सम्झौता विपरीत डोजर, ब्याकलोडरको प्रयोग गरेर उत्खनन गर्नु अवैध काम भएको जिल्ला समन्वय अधिकारी यमप्रसाद सुवेदीले बताए । थप पढ्नुहोस्