नेपाल टेलिकमको डाटा पयाकेज अब अनलाइनबाटै

११ साउन, काठमाडौं । नेपाल टेलिकमको डाटाप्याकेज अब अनलाइनको माध्यमबाट खरिद गर्न सकिने भएको छ। टेलिकमका अनुसार कम्पनीले उपलब्ध गराएउँदै आएको विभिन्न डाटा प्याकेज अब नेपाल टेलिकमको वेबसाइटबाटै खरिद गर्न सकिने छ। यसका लागि अफर डट एनटीसी डट एनइटी डट एनपीमा लग अन गर्नु पर्ने कम्पनीले जनाएको छ । लग अन पश्चात आफूले प्रयोग गर्ने जीएसएम वा सीडीएमए मोबाइलका विभिन्न डाटा प्याकेज छनोट गर्न सकिने बछ। विभिन्न डाटा प्याकेजको मूल्य र समयावधि समेत उक्त अनलाइनमै उल्लेख गरिएको छ । त्यसपछि ग्राहकले आफ्नो मोबाइल नम्बर र पीयूके नम्बर राख्नुपर्नेछ । थप पढ्नुहोस्