स्वास्थ्य केन्द्रलाई रु २ करोडको जग्गा सहयोग

२२ चैत, काठमाडौं । दाङका एक व्यक्तिले स्वास्थ्य केन्द्र सञ्चालनका लागि उपमहानगरपालिकालाई रु दुई करोड बराबरको जग्गा सहयोग गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले वडा नंं ८ मा सञ्चालन गर्न लागेको शहरी स्वास्थ्य केन्द्रलाई स्व भीमसेनबहादुर शाहका छोरा अभिषेक शाहले तुलसीपुर–८ मा रहेको १३ कट्ठा जग्गा उपलब्ध गराएको उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले जानकारी दिएका छन् । सो जग्गाको चल्ती मूल्य रु एक करोड ९५ लाख रहेको प्रमुख पाण्डेले जानकारी दिए । थप पढ्नुहोस्