अमेरिका चीनसँग आग्रह गर्दै

२४ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीच पछिल्लो समय विकसित मित्रत्राको प्रसंशा गरेका छन् । अमेरिकी राष्ट्रपति तथा अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आयोजित भोजमा सहभागी भोजमा ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनपिङलाई ‘टोस्ट’ दिँदै भने, “हामीबीचको सम्बन्ध आगामी दिनमा थप मजबुत बन्दै जानेछ । थप पढ्नुहोस्

अदालतको आदेश पछि राष्ट्रपति ट्रम्प फेरि असफल

१ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशका नागरिकलाई अमेरिका छिर्न रोक लगाउने गरी घोषणा गरेको एक कानुनको कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ । राष्ट्रपति ट्रम्पले इरान, लिबिया, सिरिया, यमन, सोमालिया, चाड, उत्तर कोरिया र भेनेज्वेलाका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने एक नयाँ कानुनको गत महिना घोषणा गरेका थिए । उक्त प्रतिबन्धात्मक कानुन कार्यान्वयन नगर्न अमेरिकाको अदालतले मङ्गलबार आदेश दिएको छ । थप पढ्नुहोस्

अमेरिकाले सुडानमाथिको नाकावन्दी हटायो

२२ असोज, काठमाडौं । अमेरिकाले सुडानमाथि विगत २० बर्षदेखि लगाउदै आएको आर्थिक नाकावन्दी हटाउने निर्णयको इजिप्टले स्वागत गरेको छ । शनिबार इजिप्टको विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकी ट्रम्प प्रशासनद्वारा यसै हप्ताको शुरुमा गरेको उक्त निर्णयको प्रशंसा गरेको छ । इजिप्टले सुडानले मानव अधिकार तथा अन्य सम्बन्धित क्षेत्रमा पछिल्ला बर्षमा सुधार गर्दै आएको विज्ञप्तिमा भनिएको छ । वासिङ्टन लगायत कतिपय मुलुकले सुडानले आतङ्कवादलाई सघाएको आरोप लगाउदै आएका थिए । थप पढ्नुहोस्

अमेरिकी सेनाको हवाई हमलामा ४५ जनाको मृत्यु

१९ असोज, काठमाडौं । इस्लामिक स्टेट्स (आईएस) लडाकूहरूको नियन्त्रणमा रहेको मानिएको सिरियाको रक्कामा भएको हवाई हमलामा परी कम्तीमा ४५ सर्वसाधारण मारिएका छन् । अमेरिका नेतृत्वको संयुक्त सेनाले मंगलबार गरेको यस हवाई कारबाहीमा परी मारिनेमा सबै आम नागरिक रहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । मृत्यु हुनेमा बालबालिका र महिला पनि रहेका छन् । आतंकवादविरुद्धको अमेरिकी नेतृत्वको गठबन्धन सेनाले आतंकवादीहरू बस्ने गरेको भवनहरूमा आक्रमण गरेको थियो । पछिल्लो समयमा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले शृङ्खलाबद्ध आक्रमण बढाउँदै लगेको छ । थप पढ्नुहोस्

उत्तर कोरियाविरुद्ध अमेरिकाले आक्रमण गर्न सक्दैन– रुसी विदेशमन्त्री

८ असोज, काठमाडौं । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले अमेरिकाले उत्तर कोरियाका विरुद्ध सैनिक कारबाही गर्न नसक्ने बताएका छन् । उत्तर कोरियाली आकासहुँदै अमेरिकी युद्धपोत विमान उडेको भनिएको एक दिनपछि रुसको यो प्रतिक्रिया आएको समाचारमा जनाइएको छ । रुसी विदेशमन्त्री लाभरोभले आइतबार एक रुसी टेलिभिजनलाई दिएको अन्तरवार्तामा सो धारणा राखेका हुन् । उनले भने– हुनत अमेरिकाले उत्तर कोरियामाथि हवाई तथा सैनिक कारबाहीको चर्चा पनि आएको छ तर अमेरिकाले त्यसो गर्न सक्दैन किनभने उत्तर कोरियामा बम छ भन्ने कुरा अमेरिकालाई राम्ररी थाहा छ । थप पढ्नुहोस्

कुकुरका लागि मासिक ६० क्विन्टल छुर्पी अमेरिका निर्यात

७ असोज, काठमाडौं । इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारबाट मासिक ६० क्विन्टल छुर्पी अमेरिकातर्फ निकासी हुने गरेको छ । स्थानीय व्यापारी वाङ्देल तामाङले विभिन्न स्थानमा रहेका डेरी उद्योगबाट उत्पादित छुर्पी राँके बजारमा संकलन गरेर अमेरिकातर्पm निकासी गर्दै आएको छ । छुर्पी संकलन गरेर ग्रेडिङ गर्ने, मिलाउने र छान्नेलगायतका काम गर्दै आएका सञ्जय लिम्बूले इलामका चमैता, एकतप्पा, फुएतप्पा, साँखेजुङ, पुवामझुवा, फाकफोक, आमचोक र पाँचथरका चिलिङ्देन, पञ्चमी, फाक्तेपलगायतका अधिकांश गाउँबाट छुर्पी संकलन गरेर अमेरिकातर्फ निर्यात हुँदै आएको जनाएको छ । थप पढ्नुहोस्

प्रधानमन्त्री देउवा न्यूयोर्क प्रस्थान

४ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसङ्घको ७२ औँ महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने क्रममा हिजो राति १० बजे अबुधाबी पुगेका छन् । महासभामा भाग लिन न्यूयोर्क जाने क्रममा बाटोमा पर्ने मुलुक संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई त्यहाँँस्थित कावा नेपाली राजदूत नेत्रबहादुर टण्डनले स्वागत गरेका थिए । दूतावासका अनुसार हाल युएईमा दुई लाखभन्दा बढी नेपाली कामदार कार्यरत छन् । थप पढ्नुहोस्

सडक र विद्युत सेवा विस्तारका लागि अमेरिकाले नेपाललाई रु ५० अर्ब सहयोग गर्ने, आज सम्झौता हुने

  २९ भदौ, काठमाडौं । अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलर अर्थात् करिब रु ५० अर्ब बराबरको रकमसम्बन्धी सम्झौतामा आज वासिङ्गटन डिसीमा हस्ताक्षर हुँदैछ । नेपाल सरकारका तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी सरकारका तर्फबाट उपविदेशमन्त्री जोन जे सुलीभानले हस्ताक्षर गर्नेछन् । यो सम्झौता अनुसार कुल ६३ करोड डलरको कोष हुनेछ, जसमा नेपाल सरकारले १३ करोड डलरको योगदान हुनेछ भने अमेरिकी सरकारको ५० करोड डलर सहयोग हुनेछ । यो रकममार्फत लगानी गरेर नेपालको सडक सुधार र विद्युत् विकासका लागि एक एकीकृत योजना बनाइनेछ । थप पढ्नुहोस्

उत्तर कोरियाबिरुद्ध उत्रन दक्षिण कोरियालाई उक्साउँदै अमेरिका

२० भदौ, काठमाडौं । दक्षिण कोरियाली सेनाले जमिनबाट आकासमा हान्ने खालको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार छ । उत्तर कोरियाको आणविक परीक्षणपछि दक्षिणले पनि यस्तो क्षेप्यास्त्र हानेको समाचारमा जनाइएको छ । दक्षिण कोरियाली सेनाले सोमबार बिहान जमिनबाट आकासमा हान्ने खालको क्षेप्यास्त्र हानेको सोलबाट प्राप्त समाचारमा जनाइएको छ । उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको आग्रहको बेवस्ता गर्दै आणविक परीक्षणहरु गर्दै आएको छ । उसले आइतबार मात्र पनि एक शक्तिशाली आणविक परीक्षण गरेको थियो र त्यो परीक्षण हाइड्रोजन बम विश्रित रहेको पुष्टी पनि भएको छ । थप पढ्नुहोस्

अमेरिकी आर्थिक प्रतिबन्धको विरोधमा प्रदर्शन, सर्वसाधारणलाई सैन्य तालिम

११ भदौ, काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा शनिबार अमेरिकाले मानव अधिकार उलङ्घन भएको भन्दै लगाएको आर्थिक प्रतिबन्धको विरोधमा सडकमा प्रदर्शन गरिएको छ । भेनेजुएली राष्ट्रपति निकोलास मदुरो र सत्ताधारी पार्टीसँग आवद्ध व्यक्तिहरुले जुलुस निकालेका हुन् । प्रदर्शनकारीहरुले अमेरिकी सरकारको अतिक्रमणलाई अस्विकार गर्ने ‘युनाइटेड सोसिलिस्ट पार्टी अफ भेनेजुएला (पिएसयुभि)’ का नेता दारियो भिभास्ले एक टेलिभिजनमा बताएका छन् । यसैबीच भेनेजुएलाली सरकारले सर्वसाधारणलाई सैन्य तालिम दिन सुरु गरेको छ । थप पढ्नुहोस्