अमेरिका दक्षिण कोरियाली राष्ट्रपति फोनवार्ता, शीतकालीन ओलम्पिक खेलकुदको सफलताको कामना

२० माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच शनिबार बिहान फोनवार्ता भएको समाचार छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिमा राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति इनलाई फोन गरेका थिए । सो फोनवार्तामार्फत राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलकुदको सफलताको कामना गरेको सो विज्ञप्तिमा जनाइएको छ । दक्षिण कोरियामा यही फेब्रुअरी ९ देखि शीतकालीन ओलम्पिक खेलकुद हुन लागेको छ । थप पढ्नुहोस्