राष्ट्रपति ट्रम्पको विरोधले भरिएको पुस्तक सार्वजनिक, उत्तर कोरियाली नेतासँग कुरागर्न चाहन्छु : ट्रम्प

२३ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनको विषयमा आधारित रहेर हालैमात्र प्रकाशन गरिएको एक पुस्तकलाई काल्पनिक पुस्तक भनेका छन् । उनलाई सो पुस्तकमा अस्थिर मानिस र राष्ट्रपति पद सम्हाल्नका लागि असक्षम व्यक्ति भनेर टिप्पणी गरिएको छ । तर यसलाई उनले एउटा पुस्तक कति काल्पनिक हुन्छ भनेर सोही पुस्तकलाई हेरे हुने प्रतिक्रिया दिएका हुन् । उनले आफू राष्ट्रपति पद सम्हाल्न सक्षम रहेको भन्दै यस्ता पुस्तकहरुले लेख्दैमा मेरो चरित्रमा कुनै फरक नपर्ने र असक्षम भनी यस्ता काल्पनिक कथाहरुले लेख्दैमा नहुने प्रतिक्रिया पनि दिएका छन् । थप पढ्नुहोस्

व्याननले मानसिक सन्तुलन गुमाएको राष्ट्रपति ट्रम्पको टिप्पणी, रुससँगको सम्बन्धबारे अमेरिकी विशेष संयन्त्रको खोजी जारी

२१ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्वप्रमुख रणनीतिकार स्टिभ ब्याननले आफू ह्वाइट हाउसबाट बाहिरिएपछि मानसिक सन्तुलन गुमाएको टिप्पणी गरेका छन् । हालै एउटा पुस्तकमा ब्याननलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्पका छोरा डोनल्ड जुनिअर र एउटा रुसी समूहबीच अमेरिकी राष्ट्रपति चुनावको अभियानका क्रममा भएको भेटवार्ता ’देशद्रोहपूर्ण’ र ’मुलुकविरोधी’ भएको उल्लेख गरिएको थियो । यसै बिषयलाई लिएर ब्याननको निन्दा गर्दै राष्ट्रपति ट्रम्पले जारी एक बक्तव्यमा भनिएको छ,, ” ह्वाइट हाउसबाट बर्खास्त गरिँदा उनले मानसिक सन्तुलन गुमाउका थिए । थप पढ्नुहोस्

परिवार विवादमा तानिएपछि ट्रम्पले भने– ‘माफी दिने अधिकार मसँग छ’

८ साउन, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसमक्ष जो कोहीलाई क्षमदान दिने अधिकार र शक्ति भएको नबिर्सन सबैलाई सचेत तुल्याएका छन् ।राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपका सम्बन्धमा ट्रम्प वा उनका सहयोगी कोही पनि दोषी पाइए आफैँ र आफ्नो परिवारलाई माफी दिनका लागि ट्रम्पले तरिका खोजिरहेको दावी सञ्चारमाध्यमले गरेको छ । त्यही सन्दर्भमा ट्रम्पले आफूसँग सुरक्षित माफी दिने अधिकार र शक्तिका बारेमा ट्वीटमार्फत् प्रष्ट गरेका हुन् । ट्रम्पले माफी दिने बाटो खोजिरहेको खबर वासिंटन पोष्टले छापेको छ । थप पढ्नुहोस्