अमेरिकी विदेशमन्त्री टिलरसन मध्यपूर्वमा, निःशर्त वार्ता गर्न अमेरिका तयार

१ फागुन, काठमाडौं । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन मध्यपूर्वको भ्रमणका शिलशिलामा सवैभन्दा पहिला इजिप्ट पुगेका छन् । आइतबार राति इजिप्ट पुगेका उनले सोमबार नै इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी तथा विदेशमन्त्री सामेह साउक्रीसँग भेटवार्ता गरेका थिए । वार्ता मध्यपूर्वको सुरक्षा तथा इजिप्टमा आगामी दिनमा अमेरिकी सहयोगबारेमा छलफल गर्नुभएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले मध्यपूर्वको भ्रमण सकेको करिब एक महिनाको अन्तरमा त्यहाँ पुगेका हुन् । थप पढ्नुहोस्