तीन बालबालिका मृत्युको घटनालाई लिएर अरुण गाउँपालिका कार्यालय तोडफोड

२८ साउन, काठमाडौं । भोजपुरमा तीन बालबालिका मृत्यु भएको घटनाको रहस्य पत्ता नलागेको भन्दै अरुण गाउँपालिका–३, प्याउलीका स्थानीयले कार्यालय तोडफोड भएको छ । बिहीबारदेखि अनिश्चितकालीन बन्द घोषणा गरेका उनीहरुले अरुण गाउँपालिकाको कार्यालय खोलेको भन्दै आज तोेडफोड तथा राष्ट्रिय झण्डासमेत जलाउने प्रयास गरेका हुन् । त्यस्तै, उनीहरुले भोजपुर–धरान मुख्य राजमार्गमा समेत चक्काजाम र रुखहरु ढालेर सडक अवरुद्ध गरेका छन् । उनीहरुले अरुण गाउँपालिकाभित्रका सबै कार्यालय, होटल, पसलसमेत ठप्प पारेका छन् । थप पढ्नुहोस्