धार्मिक पर्यटकको संख्या दोब्बरले वृद्धि

११ साउन, काठमाडौं । अर्घाखाँचीको प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीमा पुग्ने धार्मिक पर्यटकको संख्या वृद्धि भएको छ । बिगतका वर्षको तुलनामा आजभोलि आउने दर्शनार्थीको संख्यामा दोब्बर भन्दा बढी छ । विगतका वर्षमा दैनिक दुई सयदेखि एक हजार भक्तजन जाने गरेकामा अहिले दैनिक एक हजारदेखि दुई हजारजनासम्मले दर्शन गर्ने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष पृतम थापाले बताए । थप पढ्नुहोस्