पछिल्ला वर्ष उद्योग क्षेत्रमा लगानी बढ्दै

६ असार, काठमाडौं । देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको उद्योग क्षेत्रमा लगानी गर्नेको सङ्ख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७२/७३ को तुलनामा आव २०७३÷७४ मा ठूला, मझौला तथा विदेशी लगानीका साना उद्योगमा लगानी गर्ने क्रम बढेको छ । गत आवमा ठूला, मझौला तथा विदेशी लगानीका साना उद्योगमा रु एक खर्ब २२ अर्ब ७० लाख लगानी भएकामा चालु आवको अहिलेसम्ममा रु एक खर्ब ४५ अर्ब ८४ करोड २१ लाख ९० हजार लगानी भएको छ । विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालका अनुसार गत आवको तुलनामा चालु आवमा बढी उद्योग दर्ता भएका छन् । थप पढ्नुहोस्

अर्थमन्त्रीमा नयाँ अनुहार , इमानदार र नैतिकवान नेतालाई अर्थमन्त्रालयको बागडोर

२७ जेठ, काठमाडौं । २०४६ को राजनीतिक परिवर्तनपछि पटक–पटक सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले लामो समयपछि नयाँ अर्थमन्त्रीका रूपमा नयाँ अनुहार चयन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विद्यार्थी राजनीतिबाटै सहयोग गर्दै आएका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ । कांग्रेसबाट डा. रामशरण महत र महेश आचार्यले मात्रै अर्थमन्त्रीको जिम्मेवारी पाउँदै आइरहेकोमा यसपटक भने नयाँ अनुहारले प्राथमिकता पाएका हुन् । थप पढ्नुहोस्

अरब मुलुकका लागि दिगो अर्थतन्त्र

महमद मोहिल्दिन २४ जेठ,वाशिङ्टन डिसी । हालैका दशकमा, अरब राष्ट्रका लाखौँ जनता चरम गरीबीबाट माथि उठाइएका छन् । तर अर्थतन्त्रको गिरावट र डरलाग्दो वेथितिका कारण प्रगति अहिले ढिलो हुने वा उल्टिने खतरा पनि रहेको छ । यस्तो परिणामलाई रोक्न अरब राष्ट्र थप दिगो अर्थतन्त्र विकासका लागि सुधारिएका सरकारी सेवाका अलावा नीजिक्षेत्रका सिर्जनात्मक गतिविधिमा उत्साहसाथ सहकार्य गर्दै क्षेत्रीय तथा अन्तरराष्ट्रिय सार्वजनिक महत्वका वस्तुको निर्माणमा द्रूतगतिमा अघि बढ्नुपर्छ । थप पढ्नुहोस्