भारत भ्रमण फलदायी बनाउने प्रधानमन्त्रीको उद्घोष, श्वेतपत्र यथार्थपत्र भएको भन्दै अर्थमन्त्रीको बचाउ

२० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित, सुदृढ र विश्वासयुक्त बनाई नेपालको विकास र समृद्धिमा उनीहरुलाई साझेदार बनाउने क्रममा आफू भारत भ्रमणमा जान लागेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो आसन्न भारत भ्रमणबारे सार्वजनिक महत्वको वक्तव्य दिँदै उनले भारतका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत २३ गतेदेखि आफू तीनदिने भ्रमणमा जान लागेको जानकारी दिए । प्रधानमन्त्री ओलीले यही चैत २३ देखि २५ गतेसम्म मित्रराष्ट्र भारतको राजकीय भ्रमण गर्दै छन् । थप पढ्नुहोस्