मुलुकमा वित्तीय स्थायित्व ल्याउँछौँ : अर्थमन्त्री डा खतिवडा

१४ फागुन, काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडाले संविधानमा उल्लेख भएका मौलिक हक र राज्यका निर्देशक सिद्धान्तमा उल्लेख भएका आर्थिक विषयलाई कार्यान्वयन गरेर अगाडि बढ्ने बताएका छन् । मन्त्रालयमा आज पदबहालीपछि आयोजित समारोहमा उनले भने, “संविधानको मर्म र भावनाअनुसार मुलुकको आर्थिक क्षेत्र अगाडि बढ्नेछ ।” अर्थमन्त्री डा खतिवडाले वाम गठबन्धनका तर्फबाट जनतासमक्ष गरेका प्रतिबद्धतालाई कार्यान्वयन गरेर लैजानु आफ्नो दायित्व भएको उल्लेख गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई पनि सँगसँगै लैजाने बताए । थप पढ्नुहोस्