विश्व बैंकको वार्षिक सम्मेलन आजबाट सुरु, गभर्रनर नेपाल लगायत अर्थमन्त्रालयका उच्च अधिकारी अमेरीकामा

२७ असोज, काठमाडौं । विश्व बैंक ग्रुपको बोर्ड अफ गभर्नस र मुद्राकोषको वार्षिक सम्मेलन आजबाट अमेरीकाको वासिङ्टन डिसीमा शुरु भएको छ । नेपालका तर्फबाट राष्ट्र बैंक र अर्थ मन्त्रालयका उच्च अधिकारी सहभागी भएका छन् । यस पटकको बैठकमा नेपालले पछिल्लोपटक हासिल गरेको आर्थिक वृद्धि र वित्तीय अवस्थाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने तयारीमा रहेको नेपाली टोलीबाट प्रतिनिधित्व गर्ने दूतावासका आर्थिक कन्सुलर कैलाश पोख्रेलले जानकारी दिए । थप पढ्नुहोस्

अर्थमन्त्रीमा नयाँ अनुहार , इमानदार र नैतिकवान नेतालाई अर्थमन्त्रालयको बागडोर

२७ जेठ, काठमाडौं । २०४६ को राजनीतिक परिवर्तनपछि पटक–पटक सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले लामो समयपछि नयाँ अर्थमन्त्रीका रूपमा नयाँ अनुहार चयन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विद्यार्थी राजनीतिबाटै सहयोग गर्दै आएका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ । कांग्रेसबाट डा. रामशरण महत र महेश आचार्यले मात्रै अर्थमन्त्रीको जिम्मेवारी पाउँदै आइरहेकोमा यसपटक भने नयाँ अनुहारले प्राथमिकता पाएका हुन् । थप पढ्नुहोस्