यसरी बन्दै छन् प्रदेशका अर्थ विधेयक

४ फागुन, काठमाडौं । प्रदेश सरकारको संरचना धमाधम बन्दै छन् । यही हप्ताभित्रै सबै प्रदेशमा संभवतः सरकार बनिसक्ने छ । सरकार गठनपछिको प्रदेश सभा प्रदेशका कानुनलगायतका महत्वपूर्ण काममा केन्द्रित हुनेछ । प्रदेशहरूले पनि १ सयभन्दा बढी कानुनहरू तय गर्नुपर्ने अवस्था छ । प्रदेश सभामा नेपालको संविधानअनुसार विधेयक पेश गर्नुपर्ने प्रावधान छ । तिनै विधेयकलाई प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि कानुन बन्नेछ । खासगरी प्रदेश सभामा अर्थ विधेयक र शान्ति सुरक्षासँग सम्बन्धित विधेयक मात्र सरकारी विधेयक हुने नेपालको संविधानको धारा १९८ मा उल्लेख छ । थप पढ्नुहोस्