नक्कली लब्धाङ्क पत्र बनाई बेच्ने सञ्जालका सदस्य पक्राउ

३१ असोज, काठमाडौं । विभिन्न तहको नक्कली लब्धाङ्क पत्र बनाएर बेच्ने सञ्जालका एक सदस्यलाई पक्राउ गरी सोमबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । एसएलसी परीक्षको नक्कली लब्धाङ्क पत्र र अन्य कागजातसमेत तयार गरी डाबर नेपाललगायत अन्य करखानामा जागिर लगाउनेसमेत काम गर्दै आएको सर्लाही इशवरपुर नगरपालिका–९ बस्ने अवधेश साहलाई पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको प्रहरी उपरीक्षक राजकुमार वैधवारले बताए । थप पढ्नुहोस्