गृहमन्त्री थापाको संरक्षणमा अवैध क्रसर संचालन, स्थानीयलाई खुशी पार्न भोज

१८ चैत, काठमाडौं । जनप्रतिनिधिकै सक्रियतामा ललितपुरको गोदावरी नगरपालिका–८ डुकुछापस्थित बागमती नदीको किनार कटान गरेर धमाधम बालुवा निकासी भइरहेको छ। उक्त वडाका वडाध्यक्ष सुकबहादुर लामा, स्थानीय दिनेश लामा, सञ्जीव अधिकारीलगायतको टोलीले नदीको बहाव फर्काएर अवैध रुपमा बालुवा तस्करी गरिरहेको हो। उनीहरूले सञ्चालन गरिरहेको साइनिङ बालुवा वासिङ सेन्टरबाट दैनिक सयभन्दा बढी टिपर बालुवा जिल्लाका विभिन्न डिपोमा पुग्ने गरेको स्थानीयको भनाइ छ। वडाध्यक्ष लामाले २० भन्दा बढी कामदार र ‘टोले गुन्डा’ हरु प्रयोग गरेर बालुवा तस्कर गर्दै आएका छन् । थप पढ्नुहोस्