अशोक लेलैण्डको सर्भिस बाईक सेवा सञ्चालनमा

१२ साउन, काठमाडौं । नेपालको लागि अशोक लेलैण्डको आधिकारीक विक्रेता आइएमई मोर्टस्ले नेपालमा नै पहिलो पटक सर्भिस बाईकहरु पनि सञ्चालनमा ल्याएको कम्पनीले जानकारी दिएको छ । कुनै पनि स्थानमा अशोक लेलैण्डका गाडीहरुमा समस्या आएमा तुरुन्त सेवादिन सकिने गरि सर्भिस बाईकहरुको सेवा संचालन गरेको हो । सर्भिस बाईकको प्रयोग भएसँगै अशोक लेलैण्डको बिक्री पछिको सेवालाई थप राम्रो, छिटो र सरल बनाएको जानकारी कम्पनीले दिएको छ । यसका साथै यसअघि देखि नै सर्भिस भ्यानहरु देशभर सञ्चालनमा रहेका छन् । थप पढ्नुहोस्