बम फ्याँक्ने हवल्दारलाई बढुवाको उपहार

६ साउन, काठमाडौं । दाङको तुल्सिपुरस्थित अम्बास मतदान केन्द्रलाई लक्षित गरी फालेको बम तत्काल टिपेर मतदानस्थल बाहिर फाले लगत्तै सेलिब्रिटी प्रहरी बनेका हवल्दार दुर्गाबहादुर रानाले बढुवाको उपहार पाउने भएका छन्।प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालका अनुसार उत्कृष्ट काम गरेवापत् बढुवा हुनेहरुको सूचीमा रानाको पनि नाम रहेको छ। उनी हवल्दारबाट असईमा बढुवा हुनेछन्। बढुवाको खबर पाएपछि पहिलोपोस्टसित कुरा गर्दै रानाले राष्ट्रले आफ्नो कामको मूल्याङ्कन गरेकोमा खुसी भएको बताए। राना यही मंसिर महिनामा अवकाश पाउँदै थिए । थप पढ्नुहोस्