नेपाल ९६ रनले पराजित, विश्वकपमा छनोट हुन असफल

१० साउन, काठमाडौं । सिंगापुरमा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्षेत्रको छनोटको अन्तिम खेलमा नेपाल टेष्ट राष्ट्र अफगानिस्तानसँग पराजित भएको छ । सोमबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ९६ रनले पराजित भएको हो । पाडाङस्थित सिंगापुर क्रिकेट मैदानमा अफगानिस्तानले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपाल ४० ओभर ३ बलमा मात्र ९९ रनमा समेटियो । छनोटमा अफगानिस्तानसँग नेपालको यो दोस्रो हार हो । पहिलो भेटमा पनि नेपाल १४१ रनले पराजित भएको थियो । योसँगै आठौं पटक विश्वकप खेल्ने नेपालको सपना सकिएको छ । थप पढ्नुहोस्