मतदाताका लागि राजधानी नै असुरक्षित, १४१ मतदानस्थल संवेदनशील सूचीमा

१६ मंसिर, काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभाको २१ मंसिरमा हुने दोस्रो चरणको निर्वाचन सुरक्षाका दृष्टिले काठमाडौंका १ सय ४१ मतदानस्थललाई निर्वाचन आयोग र सुरक्षा संयन्त्रले संवेदनशील सूचीमा राखेको छ । काठमाडौंका ३ सय २० मतदानस्थलमध्ये संवेदनशील मानिएका १ सय ४१ मतदानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको निर्वाचन आयोग र काठमाडौं जिल्ला सुरक्षा समितिले जनाएका छन् । काठमाडौंका ३ सय २० मतदानस्थलमा ७ सय ३१ मतदान केन्द्र छन् । जसमा १ सय ४१ मतदानस्थल संवेदनशील र १ सय ७९ मतदानस्थल सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । थप पढ्नुहोस्

दक्षिण एशियामा असुरक्षित बन्दै पत्रकार

१७ कात्तिक, काठमाडौं । दण्डहीनताका कारण दक्षिण एशियामै पत्रकार असुरक्षित हुँदै गएको पाइएको छ । मिडिया एक्सन नेपाल र आर्टिकल–१९ नामक संस्थाले आज आयोजना गरेको ‘दण्डहीनता र पत्रकार सुरक्षा’सम्बन्धी कार्यक्रममा द्वन्द्वकालीन घटनाको सत्यतथ्य पत्ता लगाउन बनेका दुई आयोग, राष्ट्रिय सूचना आयोग, नेपाल पत्रकार महासंघ, मानवअधिकारकर्मीलगायतको छलफलमा दक्षिण एशिकयामै दण्डहीनताका कारण पत्रकार असुरक्षित बन्दै गएको बताइएको हो । नेपालको तुलनामा पाकिस्तान र बंगलादेशमा लेखेबापत नै सञ्चारकर्मी मारिएका छन् । थप पढ्नुहोस्