प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न बालुवाटारमा मन्त्रीपरिषद् बैठक बस्दै

२८ पुस, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेलगत्तै सरकारले सातै प्रदेशमा प्रदेश प्रमुख सिफारिस गरी प्रदेशको अस्थायी राजधानी तोक्ने भएको छ । दलहरूबीच प्रदेश प्रमुख र अस्थायी राजधानीका विषयमा सहमतिका लागि भएको प्रयास विफल भएपछि सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानीबारे निर्णय लिन लागेको हो । आज बिहान बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको सिफारिस र अस्थायी राजधानी तोक्ने तयारी गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख तोक्ने संवैधानिक व्यवस्था छ । थप पढ्नुहोस्