जिल्ला अस्पताल खोटाङको उपकरणहरु स्थानीयको घरमा, सामान राख्ने अर्जुन चौलागाईं सम्पर्क बिहीन

२५ असोज, काठमाडौं । खोटाङ जिल्ला प्रशासन कार्यालयले शिलबन्दी गरेको एउटा घर खाली गरेर तत्काल भाडा उपलब्ध गराई दिन घरधनीले प्रमुख जिल्ला अधिकारी समक्ष माग गरेका छन् । जिल्ला अस्पातलले लिलाम गरेको उपकरण राखिएको दिक्तेलस्थित रत्नपार्क नजिक रहेको घर खाली गरेर भाडा उपलब्ध गराइ दिन अनुरोध गर्दै घरधनी राजन केसीले प्रजिअ एकदेव अधिकारी समक्ष लिखित माग गरेका हुन् । २०७२ साल चैत ७ गतेबाट मासिक रु १० हजार भाडामा लिएर लिलाम गरिएको उपकरण राखिएको घरमा प्रशासनले २०७३ साल असोज १२ गते शिलबन्दी गरेको थियो । थप पढ्नुहोस्