आइएसविरुद्ध अफगानिस्तानको सीमा क्षेत्रमा पाकिस्तानको विशाल अभियान

२ साउन, काठमाडौं । पाकिस्तानी सेनाले चरमपन्थी संगठन इस्लामिक स्टेट आइएसविरुद्ध अफगानिस्तानको सीमा क्षेत्रमा विशाल अभियान शुरु गरेको छ । पाकिस्तानी सेनाका प्रवक्ताले इस्लामिक स्टेटले अफगानिस्तानभित्र आइएसले आफ्नो प्रभाव बढाउन थालेकाले त्यसलाई रोक्न ‘खैबर चार’ अभियान नै शुरु गरिएको बताएका छन् । उनले वायुसेनाको समर्थन लिएर राजगल घाँटीको पहाडि क्षेत्रमा ‘खैबर चार’ अभियान केन्द्रित गर्ने बताए । यसअघि पाकिस्तानले आफ्नो भूभागभित्र आइएसको उपस्थिति नरहेको जिकीर गरेको थियो । थप पढ्नुहोस्