चीन बन्यो सबै भन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश, श्रीलङ्कामा सय जना कामदार विरामी

२६ असोज, काठमाडौं । अमेरिकालाई समेत पछि पार्दै चीन विश्वकै सवै भन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश बनेको छ । उत्तरी चीनको तियानजीन शहरमा चलेको एउटा औद्योगिक प्रदर्शनीमा हालै मात्र यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । सन् २०१६ मा चीनको मुख्य आइसक्रिम उत्पादन गर्ने कारखानाबाट ३३ लाख टन आइसक्रिम उत्पादन गरेको यस सम्बन्धी संस्था ‘चाइना एसोसिएसन अफ बेकरी एण्ड कन्फेक्सनरी इन्डस्ट्री’का प्रवक्ताले जानकारी दिएका छन् । उनले गत बर्ष चीनले अमेरिकाले भन्दा धेरै आइसक्रिम उत्पादन गरेको दावी गरे । थप पढ्नुहोस्